Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कार्यवाहक प्रधानमन्त्री सिंहले भने - विपद्‌को समयमा नागरिकको सेवा गर्न सरकार तत्पर छ

कार्यवाहक प्रधानमन्त्री सिंहले भने - विपद्‌को समयमा नागरिकको सेवा गर्न सरकार तत्पर छ

शनिवार , आश्विन १२, २०८१

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विपद्‌को समयमा नागरिकको सेवामा सरकार तल्लिन रहेको बताएका छन् ।

कार्यवाहक प्रधानमन्त्री सिंहले विपद्‌को समयमा नागरिकको सेवामा सरकार तल्लिन रहेको बताएका हुन् ।

यात्राका क्रममा अलपत्र परेकाहरुलाई उद्धार गर्न गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास भइरहेको उनले बताए ।

केही जिल्लामा मानवीय क्षति भएको सडक, पुलपुलेसा पनि भत्किएको भन्दै प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लीन रहेको पनि कार्यवाहक प्रधानमन्त्री सिंहले बताए।

उनले अहोरात्र सुरक्षाकर्मीहरू उद्धार, खोज, राहत र पुनर्स्थापनामा परिचालित भइरहेको समेत बताए।

कर्मचारी, सामाजिक सेवाका क्षेत्रमा क्रियाशील संघसंस्था, राजनीतिक दल, नागरिक समाज र स्थानीयबासी स्वःस्फूर्त जुटेको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077