Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • नख्खु खोलाले बगाउँदा बालकसहित चार जना बेपत्ता

    नख्खु खोलाले बगाउँदा बालकसहित चार जना बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 147
    SHARES

    काठमाडौं । ललितपुरको नखिपोटस्थित नख्खु खोलाले चार जनालाई बगाएको छ ।

    खोलामा जस्ताको घरको माथि बसिरहेका दुई बच्चासहित चार जनालाई हेर्दाहेर्दै खोलाले बगाएको हो ।



    जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार ठिमीमा पहिरोले चार जना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका छन् ।



    उनीहरुको नाम ठेगाना नखुलेको र खोजीकार्य जारी रहेको छ।

    मनोहरा, हनुमन्ते घट्टेखोलाको बाढीले सडक र बस्ती डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ ।

    भक्तपुरको सिद्धी स्मृति अस्पताल, जगाती, इवामुरी अस्पताल, सल्लाघारी, महेश्वरी खेल मैदान, राम मन्दिर, राधेराधे लगायतका क्षेत्र जलमग्न छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार