Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कुलेश्वर क्षेत्रको डुबानमा फसेकाहरूको उद्धार जारी

कुलेश्वर क्षेत्रको डुबानमा फसेकाहरूको उद्धार जारी

शनिवार , आश्विन १२, २०८१

काठमाडौं । अविरल वर्षासँगै काठमाडौंको कुलेश्वर क्षेत्र डुबानमा परेको छ ।

डुबानमा फसेकालाई नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले उद्धार थालेको हो ।

त्यस्तै, बागमती, विष्णुमति, मनोहरा, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन् ।

माइतिघर मण्डलाको बाटो र न्युप्लाजा अगाडिको बाटोसमेत अवरोध भएको छ।

यसैगरी काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित सुकुम्बासी एरियामा अविरल बर्षाका कारण बागमती नदीमा पानीको बहाब निरन्तर बढि रहेको छ।

पानीको बहाबले सुकुमबासी एरियामा रहेका १४१ घरधुरी डुबाएको छ। थापाथली देखि रोज बट स्कूलसम्म पूर्वरूपमा बाटो अवरोध भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077