Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पहिरोले मेची राजमार्ग अवरुद्ध

पहिरोले मेची राजमार्ग अवरुद्ध

शनिवार , आश्विन १२, २०८१

इलाम । बुधबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले पहिरो जाँदा मेची क्षेत्रको ‘लाइफ लाइन’ मानिने मेची राजमार्ग अवरुद्ध भएको छ।

इलाम नगरपालिकाको माइखोलास्थित राजदुवाली–गोलाखर्क खण्डमा पहिरो र माथिल्लोपट्टिको पर्खाल झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

यो खण्ड लामो समयदेखि जोखिमयुक्त छ। करोडौं रुपैयाँ खर्च भएपनि मर्मत दीर्घकालीन हुन नसेकेको यही ठाउँमा पुनः जोखिम बढेको हो।

माथिबाट झर्ने पहिरो र राजमार्ग चुँडिएर जाने समस्या भएपछि प्रशासनले गए राति १० बजेदेखि अघि बिहान ३ बजेसम्म यो खण्ड भएर सवारीका साधन चल्न रोक लगाएको थियो ।

तर, बिहानै साढे ३ बजेतिर माथिपट्टिको पर्खाल राजमार्गमै झरेपछि सवारीका साधन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले इलामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077