Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

शनिवार , आश्विन १२, २०८१

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ ।

दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

आज बिहान १ः४५ बजे गएको पहिरोका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी दिए ।

उनका अनुसार शुक्रबार राति ११ः४५ बजेदेखि लेदो खसेर पहिरोको जोखिम बढेको थियो । झरी परिरहेपछि १ः३० बजे सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

उक्त ठाउँमा गत भदौ ५ गते पनि राजमार्ग अवरुद्ध भएको थियो । सोही ठाउँ पानी परेपछि जोखिममा रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077