Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

    पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 81
    SHARES

    फाइल तस्विर

    दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ ।

    दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।



    आज बिहान १ः४५ बजे गएको पहिरोका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी दिए ।



    उनका अनुसार शुक्रबार राति ११ः४५ बजेदेखि लेदो खसेर पहिरोको जोखिम बढेको थियो । झरी परिरहेपछि १ः३० बजे सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

    उक्त ठाउँमा गत भदौ ५ गते पनि राजमार्ग अवरुद्ध भएको थियो । सोही ठाउँ पानी परेपछि जोखिममा रहने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार