Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नौबिसे–मुग्लिन र बल्खु–दक्षिणकाली सडकखण्डमा सवारी चलाउन नपाइने

नौबिसे–मुग्लिन र बल्खु–दक्षिणकाली सडकखण्डमा सवारी चलाउन नपाइने

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौं । नौबिसे–मुग्लिन–नारायणगढ सडकखण्ड र बल्खु–दक्षिणकाली–सिस्नेरी सडकखण्डमा सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको छ ।

अविरल वर्षाको कारण पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी सञ्चालनमा पूर्ण रोक लगाएको हो ।

प्रशासनले भनेको छ, 'ती सडकखण्ड हुँदै सवारी नचलाइदिनुहुन तथा यात्रा नगरिदिई यथास्थानमै बसी सुरक्षित रहनुहुन अनुरोध छ ।'

साथै, सडकको अवस्थाका विषयमा जानकारी लिनुपरे नजिककै प्रहरी कार्यालय वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क राख्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077