Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • नौबिसे–मुग्लिन र बल्खु–दक्षिणकाली सडकखण्डमा सवारी चलाउन नपाइने

    नौबिसे–मुग्लिन र बल्खु–दक्षिणकाली सडकखण्डमा सवारी चलाउन नपाइने

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 384
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नौबिसे–मुग्लिन–नारायणगढ सडकखण्ड र बल्खु–दक्षिणकाली–सिस्नेरी सडकखण्डमा सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको छ ।

    अविरल वर्षाको कारण पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी सञ्चालनमा पूर्ण रोक लगाएको हो ।



    प्रशासनले भनेको छ, ‘ती सडकखण्ड हुँदै सवारी नचलाइदिनुहुन तथा यात्रा नगरिदिई यथास्थानमै बसी सुरक्षित रहनुहुन अनुरोध छ ।’



    साथै, सडकको अवस्थाका विषयमा जानकारी लिनुपरे नजिककै प्रहरी कार्यालय वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क राख्न आग्रह गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार