Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तोलामै १ लाख ६१ हजार नाघ्यो सुनको मूल्य

तोलामै १ लाख ६१ हजार नाघ्यो सुनको मूल्य

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ।

लगातार नयाँ रेकर्ड सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

गत आइतबारदेखि सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँ पुगेको छ।

बिहीबार सुन प्रतितोला एक लाख ६० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी हो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077