Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • एकै महिनामै भित्रियो एक खर्ब ३६ अर्ब रेमिट्यान्स

    एकै महिनामै भित्रियो एक खर्ब ३६ अर्ब रेमिट्यान्स

    अनलाइन नेपाल
  • बिहिबार, १० असोज २०८१
  • 72
    SHARES

    काडमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा एक खर्ब ३६ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आँकडा अनुसार साउनमै १ खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको हो।



    गत आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा एक खर्ब १६ अर्ब रेमिट्यान्स भित्रिएको थियो।



    साउनमा भित्रिएको यो रेमिट्यान्स अघिल्लो आव साउनको तुलनामा १८ प्रतिशत धेरै हो ।

    अमेरिकी डलरमा विप्रेषण १ अर्ब २ करोड भित्रिएको छ । अघिल्लो वर्ष ८७ करोड ९८ लाख डलर बराबर रेमिट्यान्स आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार