Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • नेपाल–भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सुनिल केसी सर्वसम्मत चयन

    नेपाल–भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सुनिल केसी सर्वसम्मत चयन

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 45
    SHARES

    काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को अध्यक्षमा युवा व्यवसायी सुनिल केसी सर्वसम्मत चयन भएका छन् ।

    बुधबार काठमाडौंमा साधारणसभा गरेर संघले युवा व्यवसायी तथा लगानीकर्ता केसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । साथै साधारणसभाबाट अन्य पदाधिकारीको पनि घोषणा गरिएको छ ।



    हालसम्म उपाध्यक्ष रहेर काम गरेका युवा व्यवसायी केसी अब भने निक्कीको अध्यक्ष बनेर काम गर्ने छन् । उनीसँग व्यवसायीहरुको विभिन्न छाता संगठनमा काम गरिसकेका अनुभव छ ।



    साथै उनी नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य हुन् । नवनिर्वाचित केसी थिंक ट्यांक संस्था एसियन इन्स्टिच्युड अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयरका संस्थापक पनि हुन् ।

    उनको परिचय यतिले मात्रै पुग्दैन । अध्यक्ष केसी नेपाल र भारतका व्यवसायीबीच सम्बन्ध बढाउने र सहजीकरण गर्ने व्यवसायीका रुपमा पनि चिनिन्छन् ।

    अब झनै नेपाल भारतका निजी क्षेत्रको सहजीकरणमा उनले काम गर्ने थप जिम्मेवारी पाएका छन् । उनको यो जिम्मेवारीले नेपालमा भारतीय लगानी भित्रिन सक्ने विश्वास गरिएको छ । निक्कीले नेपाल र भारतका व्यवसायीहरुबीच द्विदेशीय संस्थाको रुपमा काम गर्दै आएको छ ।

    भारतमा समेत लगानी वा व्यापार गर्ने नेपाली संस्था र नेपालमा पनि लगानी वा व्यापार गर्ने भारतीय व्यावसायिक संस्था मात्रै निक्कीको सदस्य बन्ने व्यवस्था छ । नेपाल–भारत उद्योग वाणिज्य संघ २०५१ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो। हाल यो संस्थामा १६७ सदस्य छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का नवनिर्वाचित अध्यक्ष सुनिल केसी ।

    जसमा नेपाली र भारतीय व्यवसायीसँगै संयुक्त उपक्रम कम्पनी समेत छन् । अध्यक्षमा चयन भएसँगै केसीले आफ्ना प्राथमिता पनि सार्वजनिक गरेका छन् । उनले आफ्नो पहिलो प्राथमितामा नेपाली वस्तु निर्यात बढाउनु रहेको बताए ।

    यस्तै ऊर्जा र पूर्वाधार क्षेत्रमा भारतीय लगानी नेपाल भित्र्याउन पहल गर्ने आफ्नो दोस्रो प्राथमिकता रहेको उनले बताए । साथै उनले हरेक वर्ष लगानीलाई केन्द्रित गरेर नेपाल–भारत पार्टनरसिप समिट गर्ने जानकारी दिए । आफ्नो कार्यकालमा नेपालमा लगानी भित्र्याउन सक्रिय रहने उनको भनाई छ ।

    उनले २ वर्षमा वीरगन्ज र विराटनगरमा निक्कीको च्याप्टर विस्तार गर्ने, भारतको राजधानी दिल्लीमा निक्कीको कार्यालय खोल्ने योजनासमेत बनाएको सुनाए । अध्यक्ष केसीको नेपालको ऊर्जा क्षेत्रमा लगानी छ । त्यही कारण पनि उनको कार्यकालमा उर्जा क्षेत्रमा भारतीय लगानी भित्र्याउन सकिने विश्वास गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार