Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

मंगलवार , आश्विन ८, २०८१

काठमाडौं । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको कीर्तिमान कायम गरेको छ।

सोमबार भन्दा प्रतितोला पाँचसय रुपैयाँ वृद्धि भएर सुनको मूल्यले आज फेरि हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको हो।

आइतबार र सोमबार सुन लगातार उच्च मूल्यमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ५९ हजार सात सय रुपैयाँ छ।

हिजो सुनको मूल्य १ लाख ५९ हजार दुई सय थियो। महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ।

चाँदीको मूल्य आज १ हजार ९ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो भन्दा चाँदी आज तोलामा पाँच रुपैयाँ घटेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077