Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सेयर बजारमा ५९ अंकको गिरावट, नेप्से २५२९ अंकमा

सेयर बजारमा ५९ अंकको गिरावट, नेप्से २५२९ अंकमा

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा सबै सूचक घटेका छन्।

नेप्से परिसूचकमा ५९ अंकको गिरावटपछि नेप्से २५२९ अंकमा कायम भएको छ ।

यस दिन कुल ५ अर्ब ६६ करोडको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ ।

अघिल्लो दिन ५ अर्ब ९ करोडको भएको थियो । १४ कम्पनीको मूल्य बढ्दा २२९ को घटेको छ भने एउटाको स्थिर रह्यो।

सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.२७, विकास बैंक २.४६, फाइनान्स ५.५६, होटल तथा पर्यटन ३.३४, हाइड्रोपावर २.८९, लगानी २.७३, जीवन बीमा २.३५, उत्पादन १.८१, माइक्रोफाइनान्स २.५६, निर्जीवन बीमा २.६९, अन्य २.२२ तथा व्यापार समूह ३.९३ प्रतिशत घटे ।

आज हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतले बढ्यो । एक्सले विकास बैंकको ८ प्रतिशतले बढेको छ । बढेका अन्य कम्पनीहरूको मूल्य ६ प्रतिशत पनि छोएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077