Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जीबी राई मलेसियाबाट नेपाल आएको सहकारी छानबिन समितिका सभापतिको खुलासा

काठमाडौं । सहकारीको बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिका सभापति सूर्यबहादुर थापाले जीबी राई मलेसियाबाट नेपाल फर्किएको बताएका छन्।

संसदीय विशेष समितिले हालसम्म सरोकार भएका विभिन्न निकायसँग ३३ पटक छलफल गरेको भन्दै सभापति थापाले यस्तो बताएका हुन् ।

सभापति थापाले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीबी राई नेपाल फर्किएको विवरण भेटिएको बताए ।

उनले अध्यक्ष जीबी राई नेपाल फर्किएको विवरण भेटिए पनि नेपालबाट बाहिरिएको विवरण भने नभेटिएको बताए ।

सभापति थापाले समितिले छानबिनका लागि कार्यादेश पाएका २९ वटा सहकारी संस्थाका २६ जना व्यक्तिसँग सोधपुछ गर्ने र प्रतिवेदन मस्यौदा तयार पार्ने काम सँगसँगै अघि बढाउने बताए।

सभापति थापाले समितिको प्रतिवेदन पारदर्शी, जबाफदेही र विश्वसनीय बनाउने बताए । समस्याग्रस्त घोषणा भएका २० र विवादित नौगरी २९ वटा सहकारीको अध्ययन गर्ने कार्यादेश समितिले पाएको छ।

सहकारीको सिद्धान्त, मूल्यमान्यता पालना नगर्दा अधिकांश संस्थामा समस्या देखिएको र केही सहकारी संस्थामा भने सङ्गठित रूपमै ठगी भएको देखिएको पनि उनले बताए।

समस्याग्रस्त घोषणा गरिएका र बचत रकम हिनामिना भएर छानबिनको लागि समितिको कार्यादेशभित्र अटाएका २९ सहकारीका २० जना फरार छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077