Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१४५ अंकले नेप्से घट्दा २३ अर्ब ७१ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयरबजार परिसूचक नेप्से १४५.०५ अंकले घटेर बन्द भएको छ।

एक महिना यता लगातार बढेर झण्डै २८ सयको विन्दु नजिक पुगेको बजार एकाएक १४५ अंकले गिरावट आउँदै २६५१ अंकमा झरेको हो ।

यसदिन ३२२ स्क्रिप्सको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपैयाँमा खरिदबिक्री भए।

उच्च अंकले घटेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

मंगलबार हिमालय रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिदा कम्पनीको मात्र १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077