कैलाली । कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरहकारमा सहभागी हुने मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको छ ।
स्रोतका अनुसार केहीवेर अघि बसेको कांग्रेस संसदीय दलको बैठकले कञ्चनपुरका बहादुर सिंह थापालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र मेघराज खड्कालाई सामाजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।
यस्तै बैठकले सरस्वती खडकालाई सामाजिक विकास राज्यमन्त्री र प्रकाश बहादुर बमलाई आर्थिक मामिला राज्यमन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको बताइएको छ ।
आइतबार मुख्यमन्त्री नियुक्त कमल बहादुर शाहले सोमबार पद तथा गोपनियताको शपथ लिएर मन्त्रालय विस्तार गर्ने तयारी गरेका छन् ।
Leave a Reply