Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नदी किनारमा हिँडिरहेका श्रेष्ठलाई बाघले गर्‍यो आक्रमण

चितवन । बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२, बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएका छन् ।

प्रात भ्रमणका क्रममा उनी बाघको आक्रमणमा परेका हुन् ।

भरतपुर महानगरपालिका–१, नारायणी नदी किनारमा हिँडिरहेका बेला उनलाई बाघले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको र अवस्था स्थिर रहेको जानकारी उनले दिए । बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077