Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेनप्रति लक्षित गर्दै विद्यासुन्दर शाक्यले भने - नगर प्रहरीको बलमा गुण्डागर्दी सह्य हुँदैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले हैसियतअनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको बताएका छन् ।

नेपाल खेलकुद महासङ्घ काठमाडौंले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै पूर्वप्रमुख शाक्यले यस्तो बताएका हुन्। मेयर बालेन्द्र साह (बालेन)प्रति लक्षित गर्दै उनले धरहरा भत्काइदिने भन्दै आपत्तिजनक अभिव्यक्ति दिनु वाञ्छनीय नहुने बताए ।

उनले अरुलाई गाली गरेर जस लिने तर काम केही पनि नगर्ने प्रवृत्ति हुनु नहुने बताए । शाक्यले आफू काठमाडौं महानगरको मेयर हुँदा महानगरले विभिन्न राम्रा काम गरेको बताए ।

उनले आफू मेयर रहँदासम्म काठमाडौं महानगरपालिकाको हैसियत सरकारले ९औँ स्थानमा राखेको भए पनि अहिले हैसियतअनुसार काम नहुँदा १७औँ स्थानमा पुगेको जिकिर गरे।

पूर्वमेयर शाक्यले स्थानीयको इच्छा विपरित महानगरले काम गरिरहेको बताए । उनले न्युरोडमा नगरप्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको आरोप लगाए ।

पूर्वप्रमुख शाक्यले जनप्रतिनिधि सडकमा र नगर प्रहरी लाठी बोक्ने काममा लगाएको बताए । उनले नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य नहुने पनि बताए ।

उनले नगर प्रहरी अनावश्यक रूपमा थपिएको भन्दै आवश्यकता नरहेको जिकिर गरे । पूर्वप्रमुख शाक्यले भत्काउने काममा मात्रै महानगर लागेको भन्दै महानगरवासी बनाएको भन्नेकुरा सुन्न आतुर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077