Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिनामंगलस्थित एक गेस्ट हाउसमा महिला-पुरुष मृत भेटिए

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक गेस्ट हाउसमा एक महिला र एक पुरुष मृत भेटिएका छन् ।

काठमाडौं महानगरपालिका-९ शम्भुमार्गस्थित झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा एक जना पुरूष र एक जना महिला मृत फेला परेका हुन् ।

मृत भेटिनेमा बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्‍मा सार्की रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उक्त होटलमा उनीहरु १५ साउनदेखि बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा ढोका खोलेर हेर्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरूष झुण्डिएको अवस्थामा फेला परेका हुन्।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077