Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२२ वटा नर्सिङ कलेजलाई तत्काल सम्बन्धन दिन समितिको निर्देशन

काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विभिन्न २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई लाई निर्देशन दिएको छ ।

चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम मापदण्ड पुगेर चिकित्सा शिक्षा अध्यापन गराउन चाहने शैक्षिक संस्थाको हकमा समितिले सम्बन्धन दिन भनेको हो ।

प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले मापदण्ड पुगेका प्राविधिक कलेजलाई तत्काल सम्बन्धन दिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई निर्देशन दिएको छ ।

साथै, सीटीईभीटीको र चिकित्सा शिक्षा ऐनमा बाझिएका व्यवस्थामा एकरूपता ल्याउने प्रक्रिया तत्काल अघि बढाउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077