कैलाली । नेपाली कांग्रेसले सुदूरपश्चिमको मुख्यमन्त्री प्रकाशबहादुर देउवालाई बनाउने तयारी गरेको छ । स्रोतका अनुसार कांग्रेसका केन्द्रीय नेताहरुले सुदूरपश्चिमको मुख्यमन्त्री देउवालाई बनाउन निर्देशन दिएका हुन् ।
यद्धपी निर्णय भने भइसकेको छैन् । निर्णय गर्नका लागि शुक्रवार बिहान नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय समितिको बैठक बोलाइएको छ । सोही बैठकले देउवालाई वा कसलाई मुख्यमन्त्रीमा पठाउने भन्ने निर्णय गर्ने छ ।
अहिले देउवासहित कांग्रेस सुदूरपश्चिमका नेताहरु काठमाडौंमै छन् । उनीहरु पनि भोली बिहान धनगढी आइपुग्ने स्रोतले बतायो । मुख्यमन्त्रीका लागि देउवासहित पूर्व मुख्यमन्त्री कमलबहादुर शाह, बहादुर सिंह थापा र दिवान सिंह विष्टबीच दौडधुप छ । यस्तै नेपाली कांग्रेसले सुदूरपश्चिममा दलको नेतासमेत फेर्ने तयारी गरेको छ ।
अहिलेसम्म दलको नेताको जिम्मेवारीमा कमलबहादुर शाह रहेका छन् । नेपाली कांग्रेस र एमालेको नयाँ सत्ता समीकरणमा सुदूरपश्चिमको मुख्यमन्त्रीको पद काँग्रेसको भागमा परेको थियो । शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभामा विश्वासको लिँदैछन् । सोडारीले विश्वासको मत नपाएर पदमुक्त हुने छन् ।
त्यसपछि कांग्रेसबाट एकजना मुख्यमन्त्री बन्ने छन् । स्रोतका अनुसार कांग्रेस सभापति शेर बहादुर देउवाले अहिलेसम्म पनि मुख्यमन्त्रीबारे आकांक्षीलाई वचन दिन सकेका छैनन् । मुख्यमन्त्रीमा पक्का जस्तै बनेका प्रकाश शेरबहादुरका आफ्नै भतिजा हुन् ।
Leave a Reply