Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैदीलाई जुत्ता र टिभी किन्न लगाउने जेलरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारागार कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिममा कार्यरत कारागार प्रशासक(जेलर)विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सेवाग्राहीसँग घुस लिएको आरोपमा कारागार प्रशासक विनोदकुमार दत्त कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

सेवाग्राहीलाई काम गरे बापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले कर्णलाई एक लाख पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

कर्णले कारागार कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिममा नकबजनी चोरी मुद्दामा कैद भुक्तान गरिरहेका चौकीदारसँग निजलाई चौकीदारबाट हटाउने र अरू कुनै सुविधा नदिने भन्दै घुस मागेका थिए ।

कारागार प्रशासक कर्णले कैदकट्टाका लागि सिफारिस गर्दा असहयोग गर्ने लगायतको विषय देखाइ उपहार स्वरुप पाँच हजार मूल्य पर्ने जुत्ता र एक हजार २६ हजार ४०० रुपैयाँ पर्ने ‘एलइडी’ टेलिभिजन लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेको दाबी छ ।

कर्णले जम्मा एक लाख ३१ हजार ४०० रुपैयाँको सामान र एक लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077