काठमाडौं । सशस्त्र प्रहरीले कीर्तिपुरको सुन्दरीघाटमा रहेको राधा स्वामी क्षेत्रमा फसेका १५ जनाको उद्धार गरेको छ ।
निलबाराही गणबाट खटिएको सुरक्षा फौजले बाढीमा फसेका १५ जनाको उद्धार गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार उनीहरुलाई ट्युब तथा डोरीको सहायताले उद्धार गरी सुरक्षित ठाउँमा लगिएको छ ।
बाग्मतीसहित बिभिन्न नदी खोलामा आएको बाढीका कारण काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेका छन् । सरक्षाकर्मीहरुले अहिले उद्धारको काम गरिरहेका छन् ।
Leave a Reply