काठमाडौँ । सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत नियुक्ति सिफारिस गर्ने निर्णय गरेको हो ।
स्रोतका अनुसार सरकारले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ ।
त्यस्तै सरकारले अमेरिका, बेलायत, दक्षिण कोरिया, अस्ट्रेलिया, मलेसिया, कतार, पाकिस्तान, दक्षिण अफ्रिका, रुस, चीन, डेनमार्क, पाकिस्तान, साउदी अरब, इजरायल, जर्मनीका लागि राजदूत सिफारिस गरेको हो ।
मन्त्रिपरिषद बैठकले अमेरिकामा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमल्सिनालाई सिफारिस गरेको छ ।
अस्ट्रेलिया, चीन, श्रीलंका, दक्षिण अफ्रिका, रसियाका नेपाली राजदूतलाई भने सरकारले फिर्ता बोलाएको छ।