Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ आयोजना निर्माण गर्दा किसानलाई प्राथमिकतामा राख्न ऊर्जामन्त्री खड्का निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किसानलाई सहज हुनेगरी सिँचाइका आयोजनालाई अगाडि बढाउनुपर्ने बताएका छन्।

नवीनतम यान्त्रिक सिँचाइ आयोजनासँग आज मन्त्रालयमा भएको छलफलमा बोल्दै ऊर्जामन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले नयाँ आयोजना निर्माण गर्दा किसानलाई कसरी सहुलियत प्रदान गर्न सकिन्छ त्यसबारे सोच्नुपर्ने बताए।

ऊर्जामन्त्री खड्काले आयोजना अगाडि बढाउन आवश्यक पर्ने लागतका बारेमा अर्थ मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077