काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला अध्यक्षहरूको भेला गर्ने भएको छ।
राप्रपाले साउन १७ र १८ गते काठमाडौंमा जिल्ला अध्यक्षहरुको भेला गर्न लागेको हो।
भेला काठमाडौंको धुम्बाराहीस्थित एसआर बेंक्वेटमा हुनेछ।
राप्रपाले पार्टीको समग्र सांगठनिक अवस्था, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा, पार्टीले लिएका नीति र यसले पार्टी पंक्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गर्दै आगामी रणनीति तय गर्नका लागि जिल्ला अध्यक्षहरूको भेला गर्न लागेको हो।
भेलाको पहिलो दिन अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्त लगायत रणनीति र आगामी कार्ययोजनाका बारे जिल्ला अध्यक्षहरुलाई ब्रिफिङ् गर्ने राप्रपाले जनाएको छ ।
Leave a Reply