Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगको ढोकामा वीरगञ्ज महानगरले थुपारिदियो फोहोर

    सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगको ढोकामा वीरगञ्ज महानगरले थुपारिदियो फोहोर

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 228
    SHARES

    फाइल तस्विर

    वीरगन्ज । वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाहीस्वरुप ती उद्योगको मुख्यद्वारमा फोहोरमैला थुपारिदिएको छ ।

    नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहोरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालीको मुख्यद्वार प्रांगणमा फोहोर थुपारिदिएको हो ।



    वीरगन्ज महानगरका नगरप्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतिकात्मक कारबाहीस्वरुप आज फोहोरमैला थुपारिएको बताए ।



    महानगरले यसअघि सिर्सिया नदीमा फोहोरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार