Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • कारागार र बालसुधार गृहको अवस्था सुधार्नुपर्छ : गृहमन्त्री लेखक

    कारागार र बालसुधार गृहको अवस्था सुधार्नुपर्छ : गृहमन्त्री लेखक

    अनलाइन नेपाल
  • आइतबार, १३ साउन २०८१
  • 285
    SHARES

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले अब कारागार र बालसुधार गृह सुधार्नुपर्ने बताएका छन् ।

    संघीय संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।



    गृहमन्त्री लेखकले कारागार र बालसुधार गृहको अवस्था सुधार्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताए।



    उनले कारागार र बाल सुधार गृहमा भौतिक संरचनाको अभाव देखिएको बताए । कैदीबन्दीको सिदा र दैनिक खर्च कम भएको विषयमा पनि सरकारको ध्यान गएको उनले बताए।

    कैदी बन्दीले भोग्नुपरेको स्वास्थ्य र सरसफाइका समस्या सम्बोधन गर्न पनि ध्यान दिने गृहमन्त्री लेखकले बताए ।

    कैदीबन्दीको सीप विकास र आय आर्जनको कुरामा पनि सरकार गम्भीर रहेको भन्दै उनले कारागारलाई सीप विकास केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको धारणा राखे ।

    कैदीबन्दीको स्वास्थ्य बीमा र सीपको व्यवस्थाका साथै मनोपरामर्श कार्यक्रम आवश्यक भएको गृहमन्त्री लेखकले बताए ।

    कैद कट्टामा सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशअनुसार अगाडि बढ्ने गृहमन्त्री लेखकको भनाइ छ ।

    जबरजस्तीकरणी र लागू औषधसम्बन्धी अपराधलाई न्यूनीकरण र नियन्त्रण गर्नेतर्फ सरकारले पर्याप्त ध्यान दिने पनि उनले प्रतिवद्धता जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार