Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • हाइकिङ गएका व्यक्तिहरूमाथि लुटपाट गर्ने गिरोहका मुख्य नाइके पक्राउ

    हाइकिङ गएका व्यक्तिहरूमाथि लुटपाट गर्ने गिरोहका मुख्य नाइके पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १३ साउन २०८१
  • 780
    SHARES

    काठमाडौं । हाइकिङ गर्न गएका व्यक्तिहरूमाथि लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ घर भई कलंकी बस्दै आएका ५६ वर्षीय रामबहादुर लामा भनिने धनबहादुर स्याङतान रहेका छन् ।



    काठमाडौं उपत्यका वरपरका डाँडाहरूमा हाइकिङ गर्न गएका व्यक्तिहरूमाथि लुटपाट गरेको आरोपमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।



    उनी हाइकिङ गर्नेमाथि लुटपाट गर्ने गिरोहका मुख्य नाइके रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    दहचोकको कालुपाँडे विन्दावासिनी क्षेत्रमा खुकुरी देखाई लुटपाट गरेको अवस्थामा शनिबार उनलाई पक्राउ गरिएको थियो ।

    उनको साथबाट दुई थान खुकुरी र विभिन्न गरगहनासमेत बरामद भएको छ । लुटपाट गरेर नागार्जुनको हर्सनटार हुँदै कलंकीतर्फ आउँदै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

    पक्राउ परेका लामाको साथवाट दुई थना खुकरी, सुनको बेरुवा औठी, सिक्री, रिङ, ब्रासलेटलगायतका गरी करिब ११ लाख बराबरको गरगहना बरामद भएका छन् । साथै १३ हजार ४ सय नगद पनि बरामद भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार