Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रमुख प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउँदै स्थानीय तहका जनप्रतिनिधि

काठमाडौं । हरेक नयाँ आर्थिक वर्ष शुरू हुनेवित्तिकै सिंहदरबारमा बेग्लै चहलपहल हुने गर्छ। सिंहदरबारमा हुने यो चहलपहल बजेट र योजना माग गर्नेको नभई कर्मचारी माग गर्ने स्थानीय तहका जनप्रतिनिधिहरूको हो।

नयाँ आव शुरू भएसँगै स्थानीय तहका जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउँछन्। यो समस्या धेरैअघिदेखि र बर्सेनि आउने भए पनि यसको समाधानका लागि ठोस प्रयास हुन सकेको छैन। त्यसै कारण यस वर्ष पनि स्थानीय तहका अध्यक्ष र प्रमुखहरू आफ्नो नेतृत्वको सरकार चलाउन प्रमुख प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउन थालेका छन्।

सरकारले स्थानीय तहमा कर्मचारी खटाउनेसम्बन्धी मापदण्ड तर्जुमा गर्दै छ। उक्त मापदण्ड निर्माणमा ढिलाइ भएकाले कर्मचारी खोज्न जनप्रतिनिधि आफैँ सिंहदरबार धाउन थालेका हुन्।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीले मन्त्रालयले स्थानीय तहमा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकेकाले जनप्रतिनिधिहरू प्रमुख प्रशासकीय अधिकृत खोज्न आफैँ सिंहदरबार आउने गरेको बताए । स्थानीय तह कर्मचारीको छनोटमा पर्दैन, झन् अधिकांश प्रमुख प्रशासकीय अधिकृत त बाध्यताले मात्रै जाने गरेका छन् । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077