Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्रोत नखुलेको रकम बरामद गर्न खोज्दा गुप्तचरमाथि आक्रमण, क्यासिनोका महाप्रबन्धक पक्राउ

बाँके । बाँकेमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का सूचकमाथि कुटपिट भएको छ । नेपाल–भारत सीमानाका जमुनाहास्थित चेकपोष्ट नजिक सूचक अजुर्न खड्कामाथि कुटपिट भएको हो ।

उनलाई नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित कलपत्रु होटलमा सञ्चालिक क्यासिनो एसएन ब्लु गेमिङका कर्मचारीले आक्रमण गरेको आरोप लागेको छ ।

सूचक खड्काले स्रोत नखुलेको रकम बरामद गरेपछि क्यासिनोका मान्छेले रड तथा बोतलले प्रहार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सोही आक्रमणमा संलग्न भएको आरोपमा क्यासिनोका महाप्रबन्धक अर्जुन खनाललाई पक्राउ गरिएको छ ।

उनी कुटपिटमा संलग्न नभएको तर उनकै समूहले कुटपिट गरेको पाइएपछि सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077