Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीमा किन भयो प्रहरी र स्थानीयबीच झडप ?

कैलाली । कैलालीको हसुलियामा स्थानीय र प्रहरीबीच झडप भएको छ । कैलारी गाउँपालिका–९ स्थित कोइलही ताल ठेक्का विवाद हुँदा स्थानीयले गाउँपालिका घेराउ गर्ने क्रममा झडप भएको हो ।

गाउँपालिकाले माछा पालनको लागि ठेक्का दिँदा स्थानीयसँग समन्वय नगरी ठेक्का दिएपछि स्थानीयबासी आक्रोशित भएका हुन् ।

आक्रोशित स्थानीयहरू विरोधसहित ताल परिसरमा रहेको माछा व्यवसायी (ठेकेदार) कृष्ण गिरीको टहरा भत्काएपछि कैलालीको मालाखेती प्रहरीले ८ जना स्थानीयहरूलाई नियन्त्रणमा लिएको थियो ।

त्यसपछि आक्रोशित स्थानीयहरू गाउँपालिकाको ९ नंं वडा कार्यालयमा तालाबन्दी गरी गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077