काठमाडौं । नेपाल प्रहरी अस्पतालकी प्रमुख एआइजी डा.आशा सिंहले बुधबारदेखि अवकाश पाएकी छिन् ।
उमेरहदका कारण उनले अवकाश पाएकी हुन् । प्रहरी प्रधान कार्यालयले उनको बिदाई गरेको छ ।
डा.सिंहले आफ्ना कार्यकालमा अस्पताललाई अघि बढाउन केही प्रगति गरेपनि कमिसनमोहका कारण उनी सधैं विवादमा परिरहिन् ।
हरेक ठेक्कामा श्रीमानमार्फत डिल गरेको आरोप उनीमाथि लाग्यो । उनको अवकाशपछि अस्पतालको प्रमुख बन्नका लागि प्रतिस्पर्धा सुरु भइसकेको छ ।
मुख्यगरी दुई डिआइजीबीच एआइजी बढुवामा संघर्ष छ । डिआइजी सुन्दर हाइजु र संजय बिक्रम श्रेष्ठबीच एआइजी बढुवामा प्रतिस्पर्धा छ ।
गत सातौ नै प्रहरी प्रधान कार्यालयले संजयलाई बढुवाको तयारी गरेपछि हाइजुले आफु सिनियर भएको भन्दै आफ्नो बढुवाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीकोमा पुगेपछि बढुवा रोकिएको थियो ।
हाइजु सिनियर भएपनि कार्यक्षमताको दृष्टिकोणले श्रेष्ठ अब्बल रहेकाले उनको बढुवाको पक्षमा प्रहरी अधिकारी छन् ।
Leave a Reply