Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले बैठक आह्वान गरेका थिए ।

प्रदेश प्रमुखको आह्वानअनुसार मंगलबार दिउँसो २ बजे विशेष अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ ।

फेरिएको राजनीतिक समीकरण अनुसार सुदूरपश्चिममा एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा छ ।

सोडारीको कांग्रेस र एमालेले पटक पटक राजीनामा माग गरेका थिए । तर उनले अहिलेसम्म राजीनामा दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077