Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • गाजाका मानवीय क्षेत्र खाली गर्न इजरायलको आदेश

    गाजाका मानवीय क्षेत्र खाली गर्न इजरायलको आदेश

    अनलाइन नेपाल
  • सोमबार, ७ साउन २०८१
  • 528
    SHARES

    एजेन्सी । इजरायली सेनाले गाजा पट्टीको मानवीय क्षेत्रको एक भाग खाली गर्न आदेश दिएको छ ।

    दक्षिणी गाजा पट्टीमा अवस्थित मानवीय क्षेत्रको पूर्वी भाग इजरायलतिर रकेट प्रहार गर्न प्रयोग गरेको जानकारी दिँदै सेनाले गाजा पट्टीको क्षेत्र खाली गर्न आदेश दिएको हो ।



    इजरायली सेनाले हामास लडाकुविरुद्ध थप कारबाही सुरु गर्ने जनाएको छ । इजरायली सैन्य अभियानको क्रममा सुरक्षाको खोजीमा धेरै प्यालेस्टिनीहरू कैँयौ पटक विस्थापित भएका छन् ।



    यस महिनाको सुरुमा इजरायलले कम्तिमा १.८ मिलियन प्यालेस्टिनीहरू अहिले भूमध्यसागरको १४ किलोमिटर मानवीय क्षेत्रमा रहेको घोषणा गरेको थियो ।

    राष्ट्रसङघ तथा मानवतावादी समूहका अनुसार त्यस क्षेत्रको धेरैजसो भाग हाल सरसफाइ र चिकित्सा सुविधाविहिन शिविरले भरिएको छ ।

    गाजा युद्धविरामको माग गर्दै वार्ताको क्रममा अमेरिका र इजरायली अधिकारीले सम्झौता पहिलेभन्दा नजिक रहेको घोषणा गरिएको थियो ।

    बिहीबार वार्ताको लागि टोली पठाइने नेतान्याहुको कार्यालयले जनाएको छ । इजिप्ट, कतार र अमेरिकाले इजरायल र हमासलाई चरणबद्ध युद्धविराम सम्झौताका लागि दवाव दिइरहेका छन् ।

    गाजा युद्धले ३८ हजारभन्दा बढी मानिसहरूको ज्यान लिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    अक्टोबर ७ मा इजरायलमा हमास लडाकुले गरेको आक्रमणबाट सुरु भएको युद्धमा अधिकांश सर्वसाधारणसहित एक हजार २०० मानिस मारिएका थिएभने २५० जना बन्धक बनाइएका थिए ।

    इजरायली सेनाले सोमबार मध्य र दक्षिणी गाजामा कारबाही जारी राखेको बताएको छ । आइतबार गाजामा इजरायली हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा १५ जनाको मृत्यु भएको अस्पतालमा अधिकारीहरूले जनाएका छन् ।

    घेराबन्दीले गाजामा खतरनाक मानवीय अवस्था सिर्जना गरेको छ भने यस क्षेत्रका २३ लाख मानिसका लागि पानी र सरसफाइ सेवा अभाव छ ।

    नेतान्याहूले हमासको सैन्य र शासकीय क्षमताहरू समाप्त गरी बाँकी बन्धकको सुरक्षित फिर्ता गर्ने वाचा गर्नुभएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार