Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस प्रवक्ता महतले भने - संविधानको मूल मर्म नमर्नेगरी संविधान संशोधन गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले संविधानको मूल मर्म र भावना नमर्नेगरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्।

बीपी कोइराला स्मृति दिवसको अवसरमा आज आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।

महतले संविधानको मूल मर्म र भावनालाई नखुम्च्याइँकन संविधान संशोधन गर्नुपर्नेमा जोड दिए।

प्रवक्ता महतले संविधान संशोधन गरेर जनताले पाएको अधिकार खोस्न थाले भनेर एकथरी मानिसले अनावश्यक हल्ला फिजाएको आरोप लगाए।

उनले संविधान संशोधन गरेर जनताको अधिकारलाई अझ घनिभूत गर्न खोजेको स्पष्ट पारे।

उनले अर्थतन्त्रमा देखिएका जटिलतालाई व्यवस्थित गर्न पनि संविधान संशोधन आवश्यक रहेको बताए।

उनले कांग्रेस र नेकपा एमालेबीच भएको सहमति कार्यान्वयन चुनौतिपूर्ण रहेपनि असम्भव भने नभएको तर्क गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077