Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णाली प्रदेश : पहिलो पटक प्रतिपक्षमा धकेलियो माओवादी, चार मन्त्रीले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहले राजीनामा दिएका छन्। उनीहरुले अर्थ मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन्।

पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको घोषणा गरेर मन्त्रीहरुले मुख्यमन्त्री यामलाल कँडेललाई उक्त पत्र बुझाउने छन्।

माओवादीको तर्फबाट अर्थ मन्त्रीको जिम्मेवारीमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगामा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए ।

यी चारजना गत वैशाख १८ मा नियुक्त भएका थिए । कर्णालीमा पहिलोपटक माओवादी प्रमुख प्रतिपक्षी दलको बेन्चमा बस्ने भएको हो । प्रदेश सरकार गठन भएदेखि नै सरकारमा सहभागी हुँदै आएको माओवादी ६ वर्षदेखि सरकारमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077