Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी र बाग्मतीमा आज नयाँ सरकार बन्दै

काठमाडौं । एमाले–कांग्रेसको नयाँ समीकरणअनुसार बाग्मती र लुम्बिनी प्रदेशमा आज नयाँ सरकार बन्ने भएको छ । अल्पमतमा परेका दुवै प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएपछि आज नयाँ सरकार बन्न लागेको हो ।

दुवै प्रदेशमा नयाँ सरकार गठनका लागि आइतबार नै प्रदेश प्रमुखले दाबी पेश गर्न आह्वान गरेका थिए ।

यसअघि आइतबार नै बाग्मतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका थिए । लुम्बिनीमा अब एमाले नेतृत्वमा नयाँ सरकार बन्ने छ ।

मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने भएका छन् । त्यसको लागि आज दिउँसो १ बजे प्रमुख प्रमुख समक्ष एमाले र कांग्रेससहित साना दलको पनि हस्ताक्षरसहित दाबी पेश गर्ने दलहरूको तयारी छ ।

यसैगरी बागमती प्रदेशका कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले पनि आजै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् । एमालेको समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077