Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीमा नयाँ सरकार गठनको लागि आह्वान

काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन् ।

अल्पमतमा परेर मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिएसँगै प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका दावी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालय, बुटवलले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा साउन ७ गते सोमबार बेलुका साढे ८ बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका दावी पेश गर्नुपर्छ ।

केन्द्रमा फेरिएको नयाँ समिकरण अनुसार तीन महिनामा माओवादी नेतृत्वको सरकार ढलेर अब नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना देखिएको छ । मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरी बन्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077