काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थिर सरकारका लागि एमालेसँग सहकार्य गरेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
सभापति देउवाले ओली नेतृत्वको सरकारका पालामा मुलुकले उन्नतीको बाटो समात्ने बताए ।
उनले ओली मिहिनेती, अध्ययनशील र अनुभवी भएकाले उनको नेतृत्वको सरकारले मुलुकलाई उन्नतीतर्फ लैजाने बताए ।
मुलुकको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्र चलायमान बनाउन स्थिर सरकार आवश्यक परेको देउवाले बताए ।
राजनीतिलाई स्थिरताको बाटोमा उन्मुख गराउन अहिलेको सरकार गठन भएको भन्दै देउवाले त्यो लक्ष्यमा सरकार सफल हुने पनि बताए ।
१७ असारमा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिप्रति कांग्रेस दृढ रहने भन्दै देउवाले एमाले पनि दृढ रहने विश्वास व्यक्त गरे ।
Leave a Reply