Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपसभामुख रानाको चरित्र हत्या नगर्न सुमना श्रेष्ठको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उपसभामुखको चरित्रहत्या नगर्न चेतावनी दिएकी छन् ।

प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानामगरलाई मानव तस्कर भनेर चरित्र हत्या नगर्न चेतावनी दिएकी हुन् ।

सांसद सुमना श्रेष्ठले खतिवडाले मानव तस्कर भनेर चरित्र हत्या गरेको भन्दै मानव तस्करी गरेको प्रमाणित गर्न चुनौती दिईन्।

उनले मिडिया ट्रायल गरेर त्यागी उपसभामुखको चरित्रहत्या गर्न खोजिएको आरोप लगाइन्। आज संसद वैठकमा कांग्रेस सांसद रामहरी खतिवडाले उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्रको विषयमा छानविन गर्न माग गरेका थिए ।

सांसद श्रेष्ठले भनिन्,‘मानव तस्करजस्तो गम्भीर आरोप तपाईँले आनन्दले डिक्लियर गर्नुभयो । ल डिक्लियर गरौ न त भुटानी शरणार्थीको क्लियर गरौँ कसले गरेको हो भनेर त्यो आँट छ ? एउटा महिला जो अप्ठेरो अवस्थाबाट यहाँ आउनुभएको छ उहाँलाई हेप्न नखोज्नुस् ।’

सांसद श्रेष्ठले उपसभामुख राना माथि आरोप लगाएर मिडिया ट्रायल गरेकोमा आपत्ति जनाउँदै सबै सांसदको लेटर प्याडबाट के–के भएको छ सबैको छानबिन गर्नुपर्ने बताइन् ।

सांसद श्रेष्ठले विधि पद्धति बनाउने कुरामा छानबिन गर्न पार्टी तयार रहेको भन्दै मिडिया ट्रायल गरेर किन चरित्र हत्या गरेको भनेर प्रश्न गरिन् ।

सांसद श्रेष्ठले संवैधानिक परिषदमा अल्पमतमा परियो भनेर उपसभामुखको चरित्र हत्या गरिएको भन्दै सबैलाई विधि पद्धति बनाउन आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077