Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुलमानलाई प्रधानमन्त्री ओलीको निर्देशन - उद्योगमा तत्काल विद्युत् लाइन जोड्नू

काठमाडौं । लाइन काटिएका उद्योगहरूमा तुरुन्त लाइन जोडिदिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।​

डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगहरूको बिजुली प्राधिकरणले काटेकामा ओलीले तत्काल जोड्न निर्देशन दिएका हुन् ।

डेडिकेटेड र ट्रंक लाइन विवाद देखाएर घिसिङले पछिल्लो समय ६ उद्योगको लाइन काटेका थिए । यता उद्योगीहरूले भने नक्कली बिल नतिर्ने भन्दै प्राधिकरणमाथि दबाब दिइरहेका थिए ।

यही समस्याको समाधानका लागि प्रधानमन्त्री ओलीले केही उद्योगी र घिसिङसहित प्राधिकरणका पदाधिकारीलाई बोलाएर समस्या समाधानबारे छलफल गरेका थिए ।

छलफलमा उद्योग र ऊर्जा मन्त्रालयका उच्च पदस्थ कर्मचारी पनि सहभागी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077