Online Nepal
  • आइतबार, ३० भाद्र २०८१
  • विपद् व्यवस्थापन, खोज र उद्धारमा ८६८ सैनिक परिचालित

    विपद् व्यवस्थापन, खोज र उद्धारमा ८६८ सैनिक परिचालित

    अनलाइन नेपाल
  • शुक्रबार, ४ साउन २०८१
  • 276
    SHARES

    काठमाडौं । नेपाली सेनाले देशका विभिन्न स्थानमा विपद् व्यवस्थापन, खोज तथा उद्धारका लागि ८६८ जनाको फौज परिचालित भएको जनाएको छ ।

    पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रुवाहक बसका यात्रीको खोज तथा उद्धारका लागि गोताखोरसहित नेपाली सेनाका १४२ जनाको टोली परिचालित भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



    नदीको उच्च बहाब तथा धमिलो पानीको बाबजुद पनि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका संयुक्त टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिइरहेका छन् । खोजीको क्रममा उद्धार टोलीले शुक्रबार बिहानसम्म २३ जनाको शव फेला परेको छ । सोमध्ये नौ वटा शवको सनाखत हुन बाँकी छ ।



    चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते ६५ यात्री रहेको दुई वटा बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार