Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फुटपाथ विस्तारको विरोधमा उत्रिए न्युरोडका स्थानीय

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तार गर्न थालेपछि स्थानीयहरु विरोधमा उत्रिएका छन् ।

काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार गर्न थालेपछि न्युरोड क्षेत्रका स्थानीयले अवरोध गरेका हुन्।

न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीयल उत्रिएपछि उल्लेख्यमात्रामा नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ ।

उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो।

यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।

सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो ।

सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077