Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • अपराध नियन्त्रणमा सम्झौता नगर्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

    अपराध नियन्त्रणमा सम्झौता नगर्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, २ साउन २०८१
  • 366
    SHARES

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले निष्पक्षता, पारदर्शिता र व्यवसायिकतामा सम्झौता नगर्न निर्देशन दिएका छन् ।

    नेपाल प्रहरी प्रधान कार्यालयमा रहेका सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गर्दै गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् ।



    गृहमन्त्री लेखकले लोकतन्त्रको आधारभूत मान्यता विधिको शासनलाई लागू गर्नु नेपाल प्रहरीको पहिलो काम रहेको बताए ।



    गृहमन्त्री लेखकले भने, ‘तपाईंहरूले गर्नुभएको काम जनताले अनुभूति गर्ने विषयसँग जोडिन्छ । त्यसतर्फ यथेष्ट ध्यान रहनेछ भन्ने आग्रह गर्न चाहन्छु । निष्पक्षता, पारदर्शिता र व्यवसायिकतामा कुनै हालतले कमी हुनुभएन र यससँग सम्झौता हुन सक्दैन ।’

    प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ काम गर्नुपर्ने बताउँदै गृहमन्त्री लेखकले यसका लागि जे जति प्रेरणादायी काम गर्नुपर्छ मन्त्रालय सदैव प्रतिबद्ध रहेको उल्लेख गरे ।

    गृहमन्त्री लेखकले मानिसलाई कुनै पनि विपद् वा समस्या परेको बेला सबैभन्दा पहिला प्रहरीकोमा पुग्ने चर्चा गर्दै पीडामा भएका व्यक्तिहरूको समस्या सम्बोधनका लागि प्रहरीलाई थप सक्रिय हुन निर्देशन दिए ।

    उनले कानूनी व्यवस्था कायम गर्न, शान्ति सुरक्षा तथा अपराध अनुसन्धान एवं नियन्त्रण गरी मुलुक वा समाजलाई न्याय दिने र सशस्त्र द्वन्द्वको क्रममा जीवनको पर्वाह नगरी निर्भिकतापूर्वक आफ्नो कर्तव्य पालना गर्ने सवालमा नेपाल प्रहरीले उत्कृष्ट कार्य गरेको चर्चा गरे ।

    गृहमन्त्री लेखकले नेपाल प्रहरीको इतिहास गर्व गर्न लायक रहेको उल्लेख गर्दै सीमित साधनस्रोतका बावजुद पनि शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान एवम् विपद्को समयमा उद्धार गर्न, जोखिमबाट बचाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताए ।

    कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आगामी दिनहरूमा उत्पन्न हुनसक्ने चुनौतीपूर्ण र असहज परिस्थितिहरूको सामना गर्न र आमनागरिकलाई शान्ति सुरक्षा र अमनचयनको प्रत्याभूति दिलाउन नेपाल प्रहरी व्यवसायिक रूपमा सक्षम तथा प्रतिवद्ध रहेको उल्लेख गरे ।

    उनले नवीनतम चुनौतीका रूपमा देखापरेका संगठित अपराध, लागुऔषध, मानव बेचबिखन, साइबर एवं विद्युतीय कसुर, अवैध हातहतियार ओसारपसार, बहुमूल्य सामग्रीहरूको ओसारपसार, आर्थिक अपराधलाई निर्ममतापूर्वक कानूनी दायरामा ल्याउन नेपाल प्रहरी कटिबद्ध रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार