Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रेलमार्गको सर्भे गर्न चितवन आएको गाडीमा स्थानीयले गरे आगजनी

चितवन। रेल मार्गको सर्भे गर्न आएको टोली चढेको सवारी साधनमा चितवनका स्थानीयले आगजनी गरेका छन्।

रेल मार्गको सर्भे गर्न चितवन पुगेको टोलीको गाडीमा स्थानीयहरूले आगजनी गरेका हुन्।

भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएका थिए।

नियन्त्रणमा लिएर उनीहरूले गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ।

गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको थियो। आगो नियन्त्रणमा आइसकेको छ। सो टोलीले मंगलवार भरतपुर ८ मा सर्भे गरेको थियो ।

आज वडा नं ७ मा सर्भे गर्ने क्रममा २/३ सय जना स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077