Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारी अस्पतालका सेवा व्यवस्थित गर्ने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालका सेवा व्यवस्थित गर्ने बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले स्वास्थ्य बिमाभित्र सबै नेपालीलाई समेट्ने गरी व्यवस्थित तरिकाबाट मन्त्रालयले काम गर्ने बताए।

स्वास्थ्यमन्त्री पौडेलले भने,‘स्वास्थ्य मन्त्रालयलाई कसरी राम्रो गर्ने त्यतातर्फ म लाग्छु, मन्त्रालय सुधार्न के गर्न सकिन्छ भन्नुहोला । यहाँ ठूला कुरा गर्न गारो होला, तर सानासाना काम गर्छु। एक महिनाभित्र संघीय सरकार मातहतका सरकारी अस्पतालमा लाइन लाग्न नपर्ने, व्यवस्थित स्वास्थ्य सुविधा हामी अगाडि बढाउनेछौं ।’

स्वास्थ्यमन्त्री पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताए। उनले संघीय अस्पतालमा लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताए।

मन्त्री पौडेलले एक हप्ताभित्र तत्काल गर्ने काम र दीर्घकालीन कामहरुको सूची सार्वजनिक गर्ने बताए । उनले सबै नेपालीलाई बिमाभित्र समेट्ने गरी कार्यक्रम ल्याउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077