Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रीबारे निर्णय गर्न शेखर-गगन समूह आन्तरिक छलफलमा

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला र गगन थापा समूह आन्तरिक छलफलमा जुटेको छ।

पछिल्लो राजनीतिक अवस्था र आफ्नो समूहबाट सरकारमा मन्त्री पठाउने विषयमा कोइराला पक्षका नेताहरूको बैठक बसेको हो।

कोइरालाको विशालनगरस्थित सचिवालयमा बसेको बैठकमा महामन्त्री गगन थापा, धनराज गुरुङ र बद्री पाण्डे सहभागी छन् ।

त्यस्तै, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा.मिनेन्द्र रिजाल र डा.चन्द्र भण्डारी पनि बैठकमा सहभागी छन् ।

बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077