Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

    हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

    अनलाइन नेपाल
  • शनिबार, २९ असार २०८१
  • 306
    SHARES

    फाइल तस्विर

    सिमकोट । हुम्लाको अदानचुली गाउँपालिका–६, लौँठीगाउँकी ३१ वर्षीया गर्भवती लक्ष्मी बुढाको उद्धार गरिएको छ ।

    सुत्केरी व्यथाले च्यापेपछि उनलाई लौँठी स्वास्थ्यचौकीमा पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शनिबार हेलिकोप्टरमार्फत उनलाई सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याइएको हो ।



    राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत बुढाको उद्धार गरिएको लौँठी स्वास्थ्यचौकीका संयोजक नवराज भण्डाराले बताए । “सुत्केरी व्यथाले च्यापेको अवस्थामा बुढालाई स्वास्थ्यचौकीमा ल्याइएको थियो । तर, सुत्केरी गराउन सक्ने अवस्था नभएपछि स्वास्थ्यकर्मीको सिफारिसमा सुर्खेत रेफर गरिएको हो,” संयोजक भण्डारीले भने ।



    यसका निम्ति स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार