Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सिमलताल बस दुर्घटना : गैंडाकोटमा मृत भेटिएका एक जनाको पहिचान खुल्यो

नवलपुर । नवलपुरको गैंडाकोटस्थित नारायणी नदीको किनारमा भेटिएको एउटा शव सनाखत भएको छ।

भेटिएका दुईमध्ये एक शव सर्लाहीको बरहथवा नगरपालिका-३ बस्ने १९ वर्षीय रमित कुशर माझीको हो।

उनका बुवा रविन्द्र कुशर माझीले सनाखत गरेका हुन्।

उनी काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३- ००१ ख २४९५ नम्बरको गणपति बसमा सवार थिए।

शुक्रबार बिहान बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशुलीमा खसेर बेपत्ता भएका थिए।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा ७ जना भारतीयसहित २४ जना र काठमाडौंबाट रौतहट जाँदै गरेको बसमा २७ जना यात्रु सवार रहेको टिकट काउन्टरको विवरणबाट देखिन्छ ।

तर बीच बाटोबाट थप यात्रु पनि चढेको अनुमान गरिएको छ । यी बस पहिरोले बगाउने क्रममा ३ जना यात्रु भागेर बाँच्न सफल भएका छन् भने अरु बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077