Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेससहित तीन दलले मागे सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको राजीनामा

धनगढी । नयाँ गठबन्धनमा आबद्ध दलहरुले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको तत्काल राजीनामा माग गरेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सोडारीको राजीनामा मागेका हुन्।

नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेको भन्दै नयाँ गठबन्धनमा आबद्ध दलहरुले मुख्यमन्त्रीको राजिनामा मागेका छन् ।

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा, प्रमुख सचेतक वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरी, पूर्वमन्त्री रामेश्वर चौधरी लगायतको सहभागिता थियो ।

केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।

एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077