Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बर्गर हाउसलाई काठमाडौं महानगरले गरायो २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख जरिवाना गरेको छ ।

महानगरले कलंकीमा रहेको वर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको हो।

अनलाइनबाट मःमः अर्डर गर्ने ग्राहकलाई गन्ध भएको अस्वस्थ्यकर अचार पठाएको पुष्टि भएपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन’ बमोजिम आज कारबाही गरिएको महानगरले जनाएको छ।

घटनाका बारेमा वर्गर हाउसलाई जनकारी दिँदा पनि दोस्रो पटक गन्ध आएको अचार पठाएको महानगरपालिकाले जनाएको छ।

ग्राहकले अचारमा गन्ध आएको भनेपछि वर्गर हाउसका सञ्चालकलाई पनि बोलाइएको थियो।

उजुरीको छानबिनका लागि कार्यालयमा बोलाइएका वर्गर हाउसका सञ्चालक बिक्रम गिरीले मः मः को अचारमा गन्ध आएको स्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077